काठमाडौं- मंसिर ४ को निर्वाचन मिति जति जति नजिकदै छ, त्यति नै राजनैतिक नेताहरू चुनावी प्रतिस्पर्धाको लागि दलहरू बाट दावी पुग्ने र नपुग्नेहरूको उम्मेदवारी घोषणा गरिदै पनि छ । काठमाडौं छेत्र नं.६ मा काँग्रेसबाट वर्तमान सांसद भीमसेन दास प्रधान र जिल्ला सभापतिले प्रतिनिधि सभा घोषणा गरि सक्नुभएको छ भने एमालेबाट वर्तमान बागमती प्रदेश सांसद योगेन्द्र संगौलाले पनि उम्मेदवारीको घोषणा गरि सकेका छन्।
गठबन्धनको कारण काँग्रेसले ६ नं. क्षेत्र नछोड्ने पक्का भएको अवस्थामा ने.क.पा माओवादीका पोलिटब्युरो सदस्य हिमाल शर्मा जो यस क्षेत्र बाट ०७० मा प्रतिनिधि सभामा भीमसेन दाससँग प्रतिस्पर्धामा पराजित हुनुभएको थियो भने ०७४ मा एमाले गठबन्धनको प्रतिनिधि सभा सदस्यको टिकट उहाँकै पार्टीका झक्कु सुवेदी खोसेर लिनुभएको थियो। झक्कु सुवेदी भीमसेन दास सँग पराजित हुनुभएको थियो। यस पटक गठबन्धनले गर्दा उहाँ यस क्षेत्रबाट प्रतिनिधि सभामा उठ्ने योजना चकनाचुर भएको छ।
यस्तो अवस्थामा “के तपाई प्रदेशमा उठ्ने हो त ?” भनेर “interview nepal” ले उहाँ लाई जिज्ञासा राख्दा , उहाँले भन्नुभयो म पार्टी निर्णयलाई मान्ने हुदा गठबन्धनले जे निर्णय गर्छ अर्थात् पार्टी केन्द्रले जे निर्णय गर्छ त्यो स्वीकार गर्न तयार छु तर मेरो उम्मेदवारीको आवाज सशक्त हुने छ। पार्टीका शीर्ष नेताले तपाईँलाई प्रदेशमा उठाउने भन्ने कुरा गरेका छन् के तपाईलाई थाहा छ भन्दा उहाँले भन्नुभयो, मलाई थाहा छैन । बरु पार्टीका जिल्ला ,नगर र क्षेत्रका साथीहरूले चाहिँ यदि काँग्रेसले क्षेत्र नछोड्ने हो भने तपाईँ प्रदेश `खʼ मा उठ्नु पर्छ भनेर हैरान छ ।
उहाँले घुमाउरो कुरा गरेपछि हामीले पुनः सोध्यौ तपाईँलाई प्रदेशमा उठ्दा असहज महसुस त हुँदैन ? उहाँले भन्नुभयो- म राजनैतिक आदर्शमा हुर्केको हुँ । जनताको जनप्रतिनिधि भएर जनताको सेवा गर्दा मलाई किन असहज हुनु र । प्रतिनिधी सभाको लागि तपाईलाई अरु क्षेत्रमा लगेर भए पनि उठाउने भन्ने पार्टी नेतृत्वको सोच छ रे त ? भन्ने प्रस्नमा उहाले भन्नुभयो , म यो काठमाडौको क्षेत्र नं ६ मा २० बर्ष देखि जनताको सुख दुःख मा छु जनता कार्यकर्ता तपाईं यो क्षेत्र नछोड्नुस भन्नुहुन्छ । म यो काठमाडौ क्षेत्र नं ६ छोडेर कसरी जानू !