Tuesday, March 19
Shadow

काठमाडौ क्षेत्र नं ६ मा योगेन्द्र संग्रौला एमालेको र्निविकल्प उम्मेदवार


  • -इ
  • इ+

काठमाडौं- सरकारले मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसंगै नेता र कार्यकर्तामा रौनक छाएको छ। मंसीर ४ गते हुने निर्वाचनमा नेपाल काङ्ग्रेस, ने.क.पा.(माओवादी), ने.क.पा. समाजवादी, ज.स.पा.नेपालको उपेन्द्र यादव र जनमोर्चा गठबन्धनको सिट बाडँफाडँमा संयोजन समिती पनि बनेको छ।

जितेको स्थानमा काङ्ग्रेसले गठबन्धनको अन्य पार्टीलाई नछोड्ने निश्चित जस्तै छ। यस्तो अवस्थामा काठमाडौ क्षेत्र नं ६ मा प्रतिनिधि सभाको लागी नेपाली कांग्रेसको उम्मेद्वारको रूपमा काठमाडौ जिल्ला सभापति सवुजकृष्ण बानीया र यसै क्षेत्रका वर्तमान सांसद भिमसेन दास प्रधानले उम्मेदवारको घोषणा गर्नुभएको समाचारहरू आईरहेका छन्।

यसै क्रममा इन्टरभ्यु नेपालले ने.क.पा. एमालेको को हो त ? यस क्षेत्रको प्रतिनिधि सभाको उम्मेदवार भनेर हामीले कार्यकर्ता र नेतासंग जान्ने कोसिस गर्यौ, सबै कार्यकर्ता र नेताबाट निर्विकल्प नेता/उम्मेदवार प्रतिनिधिसभाको लागी योगेन्द्र संग्रौला हो भन्ने पायौं। स्मरण रहोस्, योगेन्द्र संग्रौला बर्तमान बाग्मती प्रदेशको सांसद हुनुहुन्छ। उहाले ०७४ को निर्वाचनमा प्रतिनिधि सभामा दावी गर्नु भएको थियो। त्यसबेला एमाले र माओवादीको गठबन्धनले गर्दा उहाँ प्रदेशमा उठ्न परेको थियो।

हामीले उहाँसंग फोन सम्पर्क गरेर बुझ्दा उहाले भन्नुभयो, म ०७४ मा उठ्न चाहेको थिए र अहिले पनि मेरो प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन सशक्त दावी रहने छ। तथापी त्यस क्षेत्रका साथीहरूसंग व्यापक सल्लाह हुने छ र पार्टी निर्देशन नै महत्वपुर्ण हुनेछ भन्नुभयो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares