Tuesday, March 19
Shadow

देउवाको कार्य विरुद्ध रचनात्मक बिद्रोह गर्न शेखर-गगन समुहका युवा नेताहरुको ध्यानाकर्षण


  • -इ
  • इ+

काठमाडौं- पछिल्लो समय भातृ सस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकुलका ब्यक्तिहरुलाई मनोनयन गरे पछि गगन शेखर समुहका युवा तथा बिद्यार्थी नेताहरुले आफ्नै समुहका नेताहरुले त्यसको बिरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छन । उहाहरुले आफ्नै समुहका नेताहरुलाई घचघच्याई बर्तमान पार्टी नेतृत्वको बिरुद्धमा रचनात्मक बिद्रोह गर्न तयार रहेको महाधिवेशन प्रतिनिधि निरन्जन थापाले बताए।

लामो समय बिद्यार्थी राजनिति गरेका अहिले नेपाली काङ्ग्रेसका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि र उपत्यकाका विभिन्न क्याम्पस ईकाई सभापतिहरुले ध्यानाकर्षण पत्र शेखर कोईराला,धनराज गुरुङ गगन थापा,अर्जुननरसिंह केसि,डा रामशरण महत, बलबहादुर केसि, सहमहामन्त्री दय बद्रि पाण्डे, जीवन परियार, पुर्व केन्द्रीय सदस्य नेका हृदयराम थानिनेबिस पुर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

निरन्जन थापा,लक्ष्मि दाहाल,पुष्कर बास्टोला,बिष्णु खड्का ई अमृत ज्ञावालि,पेम्बा शेर्पा,ई सागर पाण्डे,विश्व लामा,अधिवक्ता कौशिला गुरुङले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares