Sunday, October 12
Shadow

Tag: पाकिस्तान:चौबिस घण्टामा छत्तिसको मृत्यु्

पाकिस्तान:चौबिस घण्टामा छत्तिसको मृत्यु्

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाज
पाकिस्तानमा भारी वर्षापछिको बाढी र वर्षासँग सम्बन्धित घटनाको कारण गएको २४ घण्टाको समयावधिमा ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अधिकारीले जानकारी दिएका छन् । यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले थप जानकारी दिएका छन् । पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मङ्गलबार साँझमा प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले थप जानकारी दिएको छ ।...