
नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द
काठमाडौ,मंसिर २२
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न ४ वर्षअघि शुरु गरेको प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणले रद्द गरेको छ ।
स्याटेलाइट राख्नको लागि प्राधिरणले २०७३ साल असोज २० गते अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वान पछि अन्तराष्ट्रिय कम्पनीहरुले आशयपत्र पनि बुझाएका थिए ।
तर सोमबार एक सूचना प्रकाशित गर्दैं नेपाल दूरसञ्चार प्राधिरणले २०७३ साल असोज २० गते आह्वान गरेको अन्तराष्ट्रिय बोलपत्र र खरिद प्रकिया रद्द गरेको जानकारी दिएको छ ।
दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले नेपाल सरकारले स्याटेलाइट नीती पनि ल्याइसकेको र अब यसलाई फरक ढंगबाट अगाडी बढाउनको लागि पुरानो खरिद प्रक्रिया रद्द गरेको बताए ।
‘४ वर्ष अघि एक किसिमले स्याटेलाइटको परिकल्पना भएको थियो । अहिले स्याटेलाइट नीती पनि आइसकेको छ, उनले भने ‘त्यसपछि स्याटेलाइट प्रविधिमा पनि धे...