
मेकअप गर्ने सही तरिका, यसरी तपाइँ आकर्षक देखिनुहुन्छ !
काठमाण्डौँ, पुष ७
सही मेकअपले मात्र तपाईंको सुन्दरता बढाउँदैन, तपाईंको व्यक्तिमा निखार ल्याएर आत्मविश्वास समेत जगाउँछ । तर यसका लागि आवश्यक हुन्छ मेकअप गर्ने सही कला तरिका ।
एक साधारण अनुहारलाई आकर्षक तथा सुन्दर बनाउन मेकअपको महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि उचित मेकअप साधन चुन्न सक्नु पनि आवश्यक हुन्छ ।
साथै तपाईंले आफूलाई आवश्यक परेअनुसार मेकअप कलाको विविधता जान्नु पनि जरुरी हुन्छ ।
फाउन्डेशन
त्वचासँग म्याच गर्ने फाउन्डेशनले अनुहारलाई एक राम्रो बेस दिन्छ । कुनै पनि अवसर तथा उत्सवका लागि तयार हुनुपूर्व फाउन्डेनको सही छनौट र उसलाई लगाउने सही तरिका जान्नु जरुरी हुन्छ ।
जब पनि तपाईंले फाउन्डेशन खरिद गर्नुहुन्छ, त्यतिबेला ख्याल गर्नुपर्ने हुन्छ त्यो तपाईंको त्वचासँग म्याच गर्ने खालको हुनुपर्छ । तपाईंको अनुहारको रंगसँग फाउण्डेशन पनि मिल्ने खालको हुनुपर्छ ।
आइस्याडो
आफ...