Thursday, April 24
Shadow

Tag: बिमा भुक्तानी

एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १८ कोरोना बिमाको दाबी भुक्तानीमा भइरहेको ढिलाइबारे अर्थमन्त्री विष्णु पौडेलले चासो लिनुभएको छ । मन्त्री पौडेलले मंगलबार सरोकारवालाहरुलाई बोलाएर बिमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार कोरोना पोजिटिभ प्रमाणित भएको अवस्थामा बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम एक साताभित्र भुक्तानी गर्ने निर्णय भएको छ । त्यसको अनुगमन र समन्वय बिमा समितिले गर्नेछ । कोरोना बिमा दाबी भुक्तानीमा आएका गुनासो सम्बोधन गर्न हेल्प डेस्क सञ्चालन गर्ने पनि निर्णय भएको छ । बैठकमा अर्थमन्त्रीका सचिवहरु, बिमा समितिका अध्यक्ष, नेपाल बिमक संघका अध्यक्षलगायतको उपस्थिति थियो ।...