बागमती संरक्षणका महाअभियन्ता हुतराम बैद्यको स्मृतिमा ‘फाउन्डेसन’ स्थापना
काठमाडौँ - बागमती नदी सभ्यता संरक्षणका कार्यमा थुप्रै दशक बिताई ९४ वर्षको उमेरमा ९ वर्षअघि स्वर्गारोहण हुनुभएका चर्चित महाअभियन्ता स्व. हुतराम बैद्यका नाउँमा हालै काठमाडौँमा एक फाउन्डेसन खोलिएको छ । उहाँकी स्व. धर्मपत्नीसमेतको नाउँ जोडेर बैद्य दम्पतीकी सुपुत्री श्रीमती मीना बैद्य पाण्डेले विशेष पहल गरी आमा–बुबाको सम्झना तथा सम्मानस्वरूप ‘शारदा–हुतराम बैद्य फाउन्डेसन’ स्थापना गर्नुभएको हो ।
काठमाडौँको त्रिपुरेश्वरमा पुस ९ गते शनिवार आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह प्रधानले उक्त फाउन्डेसनको विधिवत शुभारम्भ गर्नुभएको थियो । स्व. हुतराम बैद्य नेपालको पहिलो कृषि इन्जिनियर पनि हुनुहुन्थ्यो । दिगो कृषि विकास, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा कुरामा उहाँले जीवनभर केही न केही काम गरिरहनुभएको थियो । साथै बागमती नदी र काठमाडौँको सभ्यता संरक्षण...
