Friday, September 19
Shadow

समाचार

नेविसंघ केन्द्रीय अनुशासन संयोजकमा परोपकार अधिकारी चयन

नेविसंघ केन्द्रीय अनुशासन संयोजकमा परोपकार अधिकारी चयन

ब्यानर समाचार 2, समाचार
  काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय अनुशासन समितिको संयोजकमा परोपकार अधिकारी चयन भएका छन् । चैत्र २२ गते बसेको नेविसंघ केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार केन्द्रीय सदस्य समेत रहेका अधिकारीको संयोजकत्वमा थप दुई सदस्य मनोनित भएका छन् । आइतवार(आज) नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्धारा जारी गरिएको पत्र अनुसार, नेविसंघमा आवद्ध सदस्यहरुलाई अनुशासित, मर्यादित र संगठनको बृहत्तर हित अनुकुल क्रियाशिल गराउन, नेविसंघको आचार संहिता २०८१ कार्यान्वयन गर्न/गराउन, नेपाल विद्यार्थी संघको विधान २०२७(संशोधनसहित) को धारा २४(१) तथा संघको केन्द्रीय कार्यसमिति बैठकमा सर्वसम्मतिले पारित निर्णय नं. ४ कार्यान्वयन गर्न/गराउन अधिकारीको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको उल्लेख छ । पाँच सदस्यीय समितिमा हाल संयोजक अधिकारीसहित सदस्यहरुमा निर्मला शाह र जेम सिंह राई मनोनित छन् भने बाँकी दुई ...
जरा अभियान वडा केन्द्रित अभियान अन्तर्गत वडा नं २ मा १७ सदस्यि कमिटी गठन

जरा अभियान वडा केन्द्रित अभियान अन्तर्गत वडा नं २ मा १७ सदस्यि कमिटी गठन

समाचार
कृष्णनगर, फाल्गुन २१ नेकपा एमाले पार्टीको जरा अभियान वडा केन्द्रित अभियान अन्तर्गत कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज सिताराम गुप्ताको अध्यक्षतामा १७ सदस्यि वडा कमिटी गठन गरिएको छ।   आज नेकपा एमाले कुष्णनगर वाड्रा न० २ मा कुष्णनगर वाड्रा कमिटी अध्यक्ष सिताराम गुप्ताको अध्यक्षता, प्रमुख अतिथि केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव विशिष्ट अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, र जगदीश गुप्ता अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद गुप्ता, कुष्णकुमार गुप्ता, माबुद खान, आथिर्क विभाग सदस्य रितेश शर्मा, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष समसुल हुदा खान, सचिव दिपेन्द्र चौधरी लगायत अतिथि कमरेड हरुको उपस्थिति मा बडा अधिवेशन सम्पन्न गरिएको छ। ८० जना जति नयां व्यक्ति हरू विभिन्न पार्टी प्रतियाग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। नवनिर्वाचित टिम ...
नेकपा एमालेको जरा अभियान वडा केन्द्रित अन्तर्गत वडा नं ४ मा वडा कमिटी गठन

नेकपा एमालेको जरा अभियान वडा केन्द्रित अन्तर्गत वडा नं ४ मा वडा कमिटी गठन

समाचार
  कृष्णनगर, कपिलवस्तु, फागुन २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ४ मा आज नेकपा एमालेको जरा अभियान अन्तर्गत वडा कमिटी उर्मिला कहांरको अध्यक्षतामा ९ सदस्यि वडा कमिटी गठन गरिएको छ। वडा कमिटी अध्यक्ष गौरव मणिको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जगदीश गुप्ता अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद गुप्ता, कुष्णकुमार गुप्ता, माबुद खान, मुखतार बेग आथिर्क विभाग सदस्य रितेश शर्मा, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष समसुल हुदा खान सचिव दिपेन्द्र चौधरी लगायत अतिथि हरुको उपस्थितिमा वडा अधिवेशन सम्पन्न गरिएको छ। अतिथि हरूले नव निर्वाचित वडा कमिटीका पदाधिकारी लाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। लगभग बिस जना नयाँ व्यक्ति हरु नेकपा एमाले पार्टिमा प्रवेश गरेको जान...
नेकपा माओबादी केन्द्र कृष्णनगर वडा नं ८ र ९ मा वडा कमिटी विस्तार

नेकपा माओबादी केन्द्र कृष्णनगर वडा नं ८ र ९ मा वडा कमिटी विस्तार

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, फाल्गुन २० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ र ९ मा नेकपा माओबादी केन्द्रले वडा कमिटी विस्तार गरेको छ। कार्यक्रम वडा नं ८ मा अतिकुर रहमानको अध्यक्षता तथा वडा नं ९ मा महेश चौधरीको अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खां लगायत अतिथि हरूको अपस्थितमा वडा कमिटी विस्तार गरिएको छ। वडा नं ८ मा सहदेव कुर्मी चौधरी अध्यक्ष, उपाध्यक्षमा आरती कहाँर, सचिवमा सलाम मुसलमान सहित २१ सदस्यि वडा कमिटी विस्तार गरेको छ। वडा नं ९ मा महेश चौधरी अध्यक्ष, उपाध्यक्षमा जगरानी बढ्ई, सचिवमा आकाश बढ्ई सहित १५ सदस्यि कमिटी विस्तार गरेको छ। प्रमुख अतिथि मौलानाले नयाँ नेतृत्व ग्रहण गरेका सम्पूर्ण पदाधिकारी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दे...
सीमा सुरक्षामा अवैध सामान बरामद, कानूनी कारवाही जारी

सीमा सुरक्षामा अवैध सामान बरामद, कानूनी कारवाही जारी

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, २०८१ माघ १९ सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट मिति २०८१/११/१९ गते जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका-२ ब्यारियर स्थित चेकपोस्टमा बिशेष सुचनाको आधारमा कृष्णनगर देखी चन्द्रौटा चल्ने यात्रुबाहक बसमा बसको सिटमुनी फल्स बक्स बनाई उक्त बक्स भित्र (साडी,लेडिज सुट, कुर्ता सुर्वाल,लेडिज अण्डर वियर, लेडिज वानपिस,चिसो पिय पदार्थ, ड्राई फ्रुट्स काजु,बदाम,पेस्ता र खजुर) आदी अबैध सामानहरु भारतबाट भन्सार छली ल्याउदै गरेको अन्दाजी मूल्य रु.१,००,५००/- (एक लाख पाँच सय) बराबरको लत्ता कपडा र किराना सामान बरामद गरी कृष्णनगर भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको । साथै प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बि.ओ.पि. भिल्मिबाट सशस्त्र प्रहरी नायब निरीक्षक बोम बहादुर सारुको गोसती टोलीले जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिका-७ सतभरा स्थित ईलाकामा भारतबाट अवैध रू...
दुर्गा भवानीको मन्दिर प्रहरी उपरीक्षक भट्ट द्वारा समुद्घाटन

दुर्गा भवानीको मन्दिर प्रहरी उपरीक्षक भट्ट द्वारा समुद्घाटन

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कपिलवस्तु  कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ मा रहेको प्रहरी चौकी पत्थरदेइयामा नव निर्मित दुर्गा भवानीको मन्दिर आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट द्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले उपस्थित सम्पूर्ण लाई स्वागत गर्दै प्रहरी संग हातेमालो गरेर मन्दिर निर्माणमा सहयोग गर्नु भएका सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै प्रहरीले सामाजको सुरक्षाका साथ साथै सामाजिक, सांस्कृतिक धार्मिक सहिष्णुता कायम राख्नमा समेत प्रहरी हरू सधै तत्पर रहने बताए। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवले निकै प्रयास पछि आज मन्दिरले पूर्णता पाएको प्रति सम्पूर्ण सहयोगी हरूलाई धन्यवाद व्यक्त गर्दै स्थानीयका ल...
अध्यक्ष पाण्डेको निधन प्रति जप्रपाले निकाल्यो शोक विज्ञप्ति

अध्यक्ष पाण्डेको निधन प्रति जप्रपाले निकाल्यो शोक विज्ञप्ति

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, फाल्गुन ८ जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्लाका अध्यक्ष चक्रधारी पाण्डेको असमाहिक निधन प्रति पार्टीले एक विज्ञप्ति मार्फत हार्दिक सम्बेदना व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य एवं पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डे ज्यू को हिजो रातीअसामयिक निधन भएको खबरले जनता प्रगतिशील पार्टी अत्यन्तै मर्माहित भएको छ र गहिरो दुःख व्यक्त गर्दछ । मृदयुभाषी, मिलनसार र सरल स्वभावले कपिलवस्तु जिल्लामा संगठन विस्तारमा उहाँको अतुलनीय योगदान सधै सम्झनामा रहनेछ। यस कठिन समयमा शोक सन्तप्त परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठीको हस्ताक्षरित विज्ञप्ति मार्फत भावपूर्ण समवेदना व्यक्त गरिएको छ। मधेश आन्दोलनका अग...
प्रेस चौतारी नेपाल कपिलवस्तुको पहिलो बैठक : शोक प्रस्ताव समेत पारित

प्रेस चौतारी नेपाल कपिलवस्तुको पहिलो बैठक : शोक प्रस्ताव समेत पारित

ब्यानर समाचार 2, समाचार
हरि आचार्य, कपिलवस्तु प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा पहिलो बैठक सम्पन्न भएको हो । बैठकमा गत माघ १६ गते सम्पन्न जिल्लको ८ औं अधिवेशन लगायत अधिवेशन पछि अहिले सम्मको रिपोटिङ गर्नुका साथै अधिवेशन सफल पार्ने निवर्तमान कार्यसमिति तथा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेको छ । बैठकले नेकपा (एमाले) राष्ट्रिय रुपमा ल्याएको जरा अभियान अन्तर्गत कपिलवस्तुमा उक्त अभियान सफल पार्नका लागि जिल्लाका सबै पालिकामा समाचारका लागि जिम्मेवारी बाँडफाँड समेत गरेको छ । त्यस्तै बैठकले संगठनका आगामी कार्ययोजना निर्माणका लागि अध्यक्ष बाबुराम रायमाझीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । बैठकले प्रेस चौतारी नेपाल कपिलवस्तुका सदस्य दुर्गा प्रसाद काफ्लेको निधन प्रति शोक प्रस्ताव पारित गर्नुका साथ...
जलमाेनाकाे बार्षिकाेत्सव र पुरस्कार वितरण सम्पन्न

जलमाेनाकाे बार्षिकाेत्सव र पुरस्कार वितरण सम्पन्न

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु , फल्गुण ८ । जिल्लाकाे कृष्णनगरकाे पुरानाे निजि विद्यालय जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । विल्यालयका पुर्व विद्यार्थी एवम् कांग्रेसका नेता संविधानसभा सदस्य अभिषेक प्रताप शाहकाे प्रमख आतिथ्यतामा जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न विद्यामा आफ्ना क्षमता प्रदर्शन गरेका थिए भने अतिरिक्त क्रियाकलापमा प्रथम द्वितीय तृतिय स्थान पाउने खेलाडीहरुलाई उपस्थित अतिथिहरुले पुरस्कार वितरण गरिएकाे प्रधानाध्यापक जीवन तमांगले जानकारी दिनुभएकाे छ । कार्यक्रममा मार्च पास , ड्रिल, नृत्य , नाटक, माेडेल साे लगायतका विषयमा विद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै अतिरिक्त क्रियाकलापमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीह...
व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने :- शंकर पोख्रेल

व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने :- शंकर पोख्रेल

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, फाल्गुन ७ कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमंत्री शंकर पोख्रेलले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका हुन्। महासचिव पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यवसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताए। उनले व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गरे। यसका लागि पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सीपमा आधारित बनाउनुपर्ने धारणा राखे। त्यस अवसरमा उनले देशमा नकारात्मक भ्रम फैलिएको बताउँदै यथार्थ बुझ्न आग्रह गरे। उनले नेपालमा केही छैन भन्ने धारणा गलत रहेको भन्दै विकास निर्माणमा निरन्तर लाग्नुपर्ने आवश्यकता औँल्याए। पूर्वलुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा क...