काठमाण्डौँ, कार्तिक २
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्।
आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्।...
काठमाण्डौँ, कार्तिक २
कोरोना महामारीका बेला दशैं भत्ता लिएको भन्दै चौतर्फी आलोचना भए पछि पूर्वमन्त्री जर्नादन शर्माले सो रकमले भेन्टिलेटर खरिदमा खर्च गर्ने उपाय सुल्झाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका सांसद शर्माले आफूले पाएको रकम पूर्वजनमुक्ति सेनाका सदस्य नरेन्द्र बोहोराका लागि भेन्टिलेटर खरिद गर्ने पनि जनाएका छन्।
"कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो, यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं," शर्माले घोषणा गर्दै भनेका छन्, "दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।"
यसअघि नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दशैं भत्ता लिएका थिएनन् भने अर्का स्थायी कमिटी सदस्य भीम रावलले सो रकम फिर्ता गर्ने घो...
काठमाण्डौँ, कार्तिक १
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एक-एक छन् । सामाजिक विकास मन्त्रालयले हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ ।
प्रदेशमा सोही अवधिमा ४८१ कोरोना सङ्क्रमणका बिरामी थप भएका छन् । उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पिसिआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १८३ पुगेको छ । हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।...
काठमाण्डौँ, कार्तिक १
घटस्थापनाको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घटस्थापना गरी देवी(देवताको आवाहन पनि गरिन्छ ।
यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर आदि ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।
माता भगवतीलाई पनि मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको निम्ति जमरा उमार्ने प्रचलन प्रारंभ भएको हो ।
घरको पुजाकोठा या अन्य पवित्र स्थानमा माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको प्रतिमूर्ति (प्रतिमा) स्थापित गरी घडाको वरिपरि जौ पनि छरिन्छ ।
अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (...
काठमाण्डौँ, असोज ३०
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका प्रसंशनीय रहेको बताएका छन् ।
शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा दिएर नै आनन्दले निदाउन पाएको बताएका छन् ।
‘मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले नै कानूनी शासनको अनूभूति गर्न सकिनेछ । कुनैकुनै कोणबाट टिप्पणी आउनु बेग्लै कुरो हो । नेपाल प्रहरी भएर हामी ढुक्कले निदाउन पाउँछौं । आरामको निन्द्रा’, उनले भने, ‘आलोचना र टिप्पणी गर्नेहरुले पनि निदाउन पाएका छन् । प्रहरीमाथि आत्मविश्वासको सिरानी हालेर सुत्न पाएका छौं ।’
उनले अपराधले भौगोलिक सीमा तोडेको र यससन्र्दभमा नेपाल प्रहरी ज्यादै चनाखो हुनु आवश्यक रहेको बताएका छन् ।
‘आगामी दिन चुनौतीपूर्ण रहेको छ...
काठमाण्डौँ, असोज २८
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका प्रधानमन्त्री ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।...
काठमाण्डौँ, असोज २८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने जनाएको छ ।
मन्त्रालयले कोरोना संक्रमण परीक्षणसम्बन्धी बनेको नेशनल टेष्टिङ गाइडलाइनको पाँचौ संशोधन गरिएको हो ।
मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार निशुल्क गर्ने जानकारी दिए ।
उनका अनुसार सरकारको निशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट नै व्यहोर्ने छ ।
एन्टिजेन टेष्ट मास स्क्रिनिङ्, तुरुन्तै रिपोर्ट चाहिनेको लागि र धेरै व्यक्ति एकै स्थानमा बस्ने (व्यारेक)मा प्र...
काठमाण्डौँ, असोज २८
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९ पुगेको छ।...
काठमाण्डौँ, असोज २८
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ।
२४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।
आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६७५ पुगेको छ।...
असोज २८, काठमाडौं । संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिमा अर्को रुप लिने खतरा बढेको छ ।
अहिले कर्णाली प्रदेशबाट आगोको झिल्कोझैँ सत्तारुढ दलभित्रको रडाको पटाक्षेप भएको छ । यससँगै प्रश्नहरू उठेका छन्– यसले पार्टी एकता, पूर्वएमालेमा व्याप्त गुटगत क्रियाशीलता र सुविधाजनक बहुमतसहित सत्ता उपस्थितिको भविष्यलाई धराप त पार्दै छैन ?
प्रदेश ५ को नाम र राजधानी तोक्ने काम तलैको हो भन्दै केन्द्र टक्टकिँदै आयो । तर, अन्ततः केन्द्रको हस्तक्षेपपछि नाम र प्रदेश टुंगिएरै छाड्यो । यतिबेला कर्णाली प्रदेश सरकारको हकमा तलैबाट अविश्वासको प्रस्ताव आएको छ । नेकपाका ३३ मध्ये मन्त्रीबाहेक बहुमतले गरेको हस्ताक्षरबाट अविश्वासको प्रस्ताव अघि बढेको हो ।...