मंसिर २३, काठमाडौं
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मनोज रानाले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।उनि संघीयता महाधिवेशन प्रतिनिधि तथा तार्केश्वर नगरपालिका वडा न. ४ को निवर्तमान इकाई सभापति समेत हुन।
नयाँ पुस्तालाई नेपाली कांग्रेस प्रति जिम्मेवारी र आकर्षित गर्नका लागि सबै भन्दा कान्छो केन्द्रिय सदस्यको रुपमा उम्मेदवारी दिएको उनले बताएका छन्।
पार्टीलाई उच्च स्थानमा पुर्याउनका लागि आवश्यक रहेको र सबल, सुदृढ र नविन कांग्रेस रुपान्तरणका मुल प्रवाहमा युवाको सहभागिताले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने उनले बताएका छ्न्।
पूरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाको उचित समन्वय गर्ने प्रतिबद्धताका साथ आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश र केन्द्रमा समेत प्रष्ट बहुमतको सरकारका लागि अहिले देखिनै सक्रिय हुन आवश्यक रहेको उनले बताएका छन् ।