काठमाडौँ , फागुन १९ । पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको विवाद निरुपणमा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बुधबार पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सुर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा। अयोधीप्रसाद यादव र दोल्ख बहादुर गुरुङले विज्ञप्ति मार्फत निर्वाचन आयोगको निर्णय क्षमता र स्वयत्तताका विषयमा उठाइएका प्रश्नहरुले गम्भीर बनाएको उल्लेख गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नाम उल्लेख नगरीकन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आयोग अनिर्णयको बन्दी रहदा त्यसले मुलुको राजनीतिक प्रक्रियामा गम्भीर असर पर्नसक्ने भन्दै यथाशिघ्र निर्णय दिन आयोगलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, आयोग अनिर्णयको बन्दी रहदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचारगरि प्रचलित कानुन र स्थापित नजिरहरुका आधारमा समेत यस विषयमा उपर्युक्त निर्णय यथाशिघ्र दिन आयोग समक्ष आग्रह गर्दछौं ।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            