
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी–५ घर भएका सुदिप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जान खोज्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
। उनलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित मंगलबार साँझ पक्राउ गेरको प्रहरीले जनाएको छ ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।