Thursday, March 28
Shadow

पेस्तोल देखाएर कोटेश्वरमा लुटपाटको प्रयास


  • -इ
  • इ+

काठमाडौं, पुस १९

पेस्तोल देखाएर कोटेश्वर चोकमा लुटपाटको प्रयास गरिएको छ।

आज बिहान बिहान ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा एक युवकलाई पस्तोल देखाएर लुटपाट गर्न खोजिएको हो।

राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। उनीसँग मोबाइल मागेको थियो। मोबाइल नदिँदा पेस्तो खेदाएको जनाएको छ।

उनले प्रतिवाद गरेपछि पेस्तोल झरेको थियो। त्यसपछि ति व्यक्ति भागेको प्रहरीले जनाएको छ।

उनले तत्कालै प्रहरीलाई खबर गरेको थियो। घटना अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी नायव परीक्षक विष्टले बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares