Monday, December 22
Shadow

सशस्त्र प्रहरी द्वारा जय अम्बे प्लाई फ्याक्ट्री बाट ठूलो मात्रामा युरिया मल बरामद 


  • -इ
  • इ+

कपिलवस्तु, मंसिर, २९

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ७ रूद्रपुर बाट सशस्त्र प्रहरी बल कृष्णानगर द्वारा १८१ बोरा अबैध युरिया मल बरामद गरिएको छ।

बिशेष सुराकीका आधारमा सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको टोलीले जय अम्बे प्लाई फ्याक्ट्री बाट अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा १८१ बोरा युरिया मल बरामद गरेको छ।

एका तिर किसान हरू समयमा मल नपाएर बिजोग छ भने अर्का तिर प्लाई फ्याक्ट्रीहरूले तस्कर प्रयोग गरेर भारतीय युरिया मल मगाउने गरेको तथ्य स्पष्ट हुन्छ। भारतीय युरिया कपिलवस्तु जिल्लाको कुकुरभुकवा, डुमाई, भिल्मी, कुशहवा लगायत क्षेत्रबाट तस्करी भइ आउने र सो युरिया मल पलाई फ्याक्ट्री हरूले महंगो दाममा किनेर त्यसलाई ग्लूको रूपमा प्रयोग गर्दै आएका छन्।

यत्रो ठूलो मात्रामा युरिया मल बरामद हुनु किसान हरू  उक्त प्लाई फ्याक्ट्री लाई बन्द गर्नु पर्ने आक्रोश पोखेका छन्।

बरामद युरिया मल आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाईएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares