Wednesday, October 1
Shadow

याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न


  • -इ
  • इ+

२०८२/०१/०६ गते शनिबार,

उपन्यास समाज नेपालको आयोजनामा काठमाडौंको केन्द्र रामशाहपथ स्थित ग्रीनलिफ रेस्टुरेन्टको सभाकक्षमा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि थिए ।
आख्यानकार माधव बिडारी “चेतनपथ”ले संचालन गरेको परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए ।
करिव डेढ घण्टा चलेको उक्त कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल, डा. शान्तिमाया गिरी, पवन आलोक, श्रीओम् श्रेष्ठ ‘रोदन’, केशव आचार्य, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रकाश घायल, दुर्गा अधिकारी “भमरकोटे”, बासुदेव गुरागाईँ, नरेद्रजंग पिटर, कृष्णप्रसाद नेपाल, हरि थापा, डा. इन्दुल के.सी शुकदेव उपाध्याय, तारा सुवेदी, प्रकाश तिवारी, लगायतका वरिष्ठ साहित्यकारहरूको उपस्थिति थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares