Thursday, December 26
Shadow

उपभोक्ताबादी सोचका मान्छेहरू समाज विकासको बाधक हुन्छन् – डा.अम्बरीश पोख्रेल


  • -इ
  • इ+

उपभोक्ताबादी सोचका मान्छेहरू समाज विकासको बाधक हुन्छन् । तर अहिले यस्तै नयाँ पुस्ताका मान्छेको बिगविगी बढेको छ ।

१. समाजलाई अगाडि बढाउन चाहनेहरुले वा बढाउनेहरूले आफू र आफ्नो परिवारलाई प्राथमिकतामा राखेका हुँदैनन् ।

ठुला उदाहरणहरू:
महात्मा गान्धी, कार्ल मार्क्स,
नेपालको महावीर पुन।
मोहन चन्द्र अधिकारी ।
मेरी क्युरीका श्रीमान श्रीमती ।

साना उदाहरणहरु लाखौं लाखमा छन् । तपाईं हाम्रो गाउँ टोल टोलमा उनीहरू हुन्छन् । तिनीहरू नै समाजका सुरक्षाका आधार खम्बाहरू हुन् । तिनीहरूबाट समाजलाई व्यवस्थित गर्ने गराउने काम भइरहेको हुन्छ।

२. तर चरम स्वार्थी लम्पट, उपभोक्ताबादी सोच विकास भएका मान्छेहरू चाहिँ यसको विपरीत धारमा (आफू र आफ्नो परिवारको लागि जे पनि गर्ने गराउने) उभिएका हुन्छन् ।

यिनीहरू समाजमा हानिकारक हुन्छन् । त्यसको मात्रा कम बेसी परिस्थितिजन्य हुने गर्दछ। तर यिनीहरूको बाहुल्यता बढ्दै गइरहेको छ नेपालमा पनि ।

३. उपभोक्ता बादी सोचका मान्छेहरूले ठूला ठूला सामाजिक देखि व्यक्तिगत अपराध गरिरहेका हुन्छन्। आफ्नो पद पैंसाको निम्ति मरिमेट्छन् ।

अन्याय अत्याचार, शोषण भ्रष्टाचार गर्ने गराउने गर्छन् । व्यक्तिगत देखि सामूहिक हत्या हिम्सा र बलात्कार कार्यमा तल्लीन हुन्छन् । अर्थात् यो वर्ग खासमा समाजको शोसक वर्गको प्रतिनिधि समुह हो र सुन्दर शान्त समाज विकासको बाधक वर्ग हो ।

यसले खुले आम र मन्द विषको रूपमा काम गरिरहेको हुन्छ र सिंगो समाजलाई भ्रमित तुल्याउन सफल भइरहेको देखिन्छ ।

४. यही वर्गसँग समाजमा द्वन्द भइरहेको हुन्छ खासमा । उपभोक्ताबादी सोचको मान्छे राज्यको साधन स्रोत आफ्नो व्यक्तिगत स्वार्थमा लगाउन भरमग्दुर कोसिस गरिरहेको हुन्छ ।

अर्थात् यही वर्गको मान्छे नै असलमा भ्रष्टाचारी, अन्यायी, अत्याचारी र शासकीय संयन्त्रमा पकड़ जमाउन सफल हुन्छ। किनभने यो वर्गले जे सुकै हर्कत गर्न गराउन पछि पर्दैन र गरिरहेको हुन्छ । यो एउटा बृहत प्रवृत्ति पनि हो । सोच हो । त्यसैले झट्ट सुन्दा र हेर्दा सामान्य देखिन सक्छ। तर गहिरोसँग हेरियो भने, यसको पछाडिको भागमा खतरनाक अंसहरु सजिलै भेटिने गर्छ ।

त्यसको विपरीत अर्को वर्गले ठीक विपरीत धारमा काम गरिरहेको हुन्छ। यो समाज, अमूक क्षेत्र वा देश वा विश्व शान्ति र समृद्धिको लागि योगदान गरिरहेको हुन्छ तर जो प्राय ओझेलमा बस्छ ।

५. उपभोक्ताबादी सोचको मान्छे सजिलैसँग आफू भन्दा ठूलो शक्तिको अगाडि लम्पसार परी हाल्छ । ज्यू हजुर गरी हाल्छ । क्षणिक प्रतिक्रिया दिने लिने समेत हुने गर्दछ।

नेपालमा यो प्रकारका हजारौं मान्छेहरू छन्, गाउँ गाउँ देखि राष्ट्रिय स्तरमा । तिनीहरूलाई समय मै चिन्न सकिएन भने, तिनीहरूले नयाँ नयाँ जाल फिजाउँदै जान्छन् र समाजको शोषण गरिरहेका हुन्छन् विभिन्न प्रकारले ।
अस्तु।
ए पोख्रेल ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares