Sunday, October 13
Shadow

भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन


  • -इ
  • इ+

अजय मिश्र, कपिलवस्तु , असोज २६

कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ ।

कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा दुर्गा, गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीका दिन मूर्ति विसर्जन गरिएको हो ।

तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा देवीको विशेष पूजापाठ , नौ दिन व्रत बसेर बिजया दशमीका अवसरमा मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो । सुरक्षा व्यवस्था मिलाउनका लागि प्रहरीले ड्रोन क्यामरा मार्फत निगरानी समेत गरि रहेको थियो।

कृष्णनगरमा बजार क्षेत्र हुदै जाने बिस भन्दा बढी स्थानमा पुजापाठ गरी स्थापना गरिएका मूर्तिहरु सुरक्षा दिई शान्तिपूर्वक विसर्जन भएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख सुरज खत्रीले जानकारी दिनुभएको छ ।

मूर्ति विसर्जनमा एम्बुलेंस, दमकल तथा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरको गाडि समेत कतै विद्युतको तार भाच्निछ की भनेर राज चौधरीको नेत्तृत्वमा टोली परिचालन गरिएको थियो।

कृष्णनगमा मूर्ति विसर्जनको क्रममा नगर प्रमुख रजत प्रताप शाह, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, सुनिल मोदनवाल, संजय गुप्ता, वडा सदस्य राहुल मोदनवाल, आशिष कौशल, संदीप जयसवाल लगायत सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोली, नेपाल प्रहरी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, हिन्दु भक्तजनहरुको वृहत सहभागितामा मूर्ति विसर्जन गरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares