
काठमाण्डौं- कांग्रेस महामन्त्री गगनकुमार थापाले पश्चिम नवलपरासीमा बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेर पुनः संवाद यात्रा सुरु गरेका छन्। उनले बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुराबाट संवाद यात्रा सुरु गरेका हुन्।
महामन्त्री थापाले माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेका थिए। उक्त यात्रा माघ २२ गते गोपीगन्जमा पुगेर स्थगित भएको थियो।
महामन्त्री थापाले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायत जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूसँग संवाद गर्ने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए।
आज बिहीबार पश्चिम नवलपरासीमा आयोजित संवाद यात्रामा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे। उनले भने, ‘सरकारमा सहभागी दलहरू नै यो सरकार लामो समय टिक्ने भन्नेमा आशावादी छैनन्।’

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            