Thursday, January 23
Shadow

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल


  • -इ
  • इ+

काठमाडौं । आज १७ असार आइतवार, ०२ जुलाई २०२३ । असार शुक्ल चतुर्दशी पञ्चाङ्ग  शुक्ल गर ज्येष्ठा , विश्व खेलकुद पत्रकार दिवस

आज सूर्योदय बिहान ५:११ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०९ मिनेटमा हुनेछ ।

यस्तो छ आजको तपाईको राशिफल –

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । इच्छा शक्ति पनि बढेर जानेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्रामा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजारको लगानी कमजोर रहला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

 कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

 वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :  कुनै न कुनै कुराले अनुहारमा चमकता आउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

 धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुनसक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्छ ।


मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares