Monday, April 29
Shadow

दाङमै स्वास्थ्य चौकी निर्माण गर्न जग्गादान


  • -इ
  • इ+

महेन्द्र अधिकारी 

नुवाकोट,१६ असार । बेलकोटगढी नगरपालिका वडा नं १३ को दाङमै स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माणका लागि स्थानिय समाजसेवि राजेन्द्र कुमार शर्माले १ रोपनी ६ आना जग्गा दान गरेका छन् । उनले उक्त जग्गा स्वास्थ्य चौकीको नाममा गरिदिएका हुन् ।
जग्गा प्राप्ती संग स्वास्थ्य चौकीको भवन सिलान्यास समेत गरिएको छ । वडावासिको स्वास्थ्य सेवाका लागि सुविधा सम्पन्न स्वास्थ्य चौकी अति आवश्यक थियो । त्यसका लागि पर्याप्त जग्गा नहुदाँ निर्माण कार्य अगाडी बढ्न सकेको थिएन । सोहि अवस्थामा स्थानिय समाजसेवि राजेन्द्र कुमार शर्माले आफ्नो अमूल्य जग्गा दान गरि हाम्रो सपना साकार गर्न सहयोग गर्नुभएको वडा अध्यक्ष नवराज पाण्डेले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares