Tuesday, March 19
Shadow

नुवाकोट आर्दश बहुमुखि क्याम्पसको प्रमुखमा अर्याल


  • -इ
  • इ+

३ माघ,काठमाडौं ।

नुवाकोटको नुवाकोट आर्दश बहुमुखि क्याम्पसको प्रमुखमा जितेन्द्र अर्याल चयन भएका छन् । लामो समय देखि विवादका कारण रिक्त रहेको प्रमुख पद आगामी तीन वर्षका लागि अर्याललाई नियुक्त गरिएको छ ।

विद्यार्थी तथा अभिभावक माझ लोकप्रियता कमाएका अर्यालले यस अघि क्याम्पसमा भएका अनियमितताको अन्त्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने आम विद्यार्थी तथा अभिभावकको विश्वास रहेको छ । यस अघि क्याम्पसमा उपप्राध्यापक पद सम्हालिरहेका थिए ।

यसैगरि क्याम्पसको संचालक समितिको अध्यक्ष तथा बाकि रहेका सदस्य चयनका लागि माघ १९ गते क्याम्पस सभा बोलाएको छ । उक्त सभाले बाकि पद पूर्तिको लागि प्रक्रिया अगाडी बढाउने छ ।

जितेन्द्र अर्याल क्याम्पस प्रमुखमा नियुक्त हुने बित्तिकै क्याम्पसका बिद्यार्थीको बधाईको ओइरो आउन थालेको छ । क्याम्पस प्रमुख अर्यालबाट क्याम्पसमा भएको अस्थिरता अन्त्य हुने आशा बिद्यार्थीले गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares