Tuesday, April 16
Shadow

एन.आर.एन.ए अष्ट्रेलिया ताजमनियाका उम्मेदवारको घोषणा


  • -इ
  • इ+

काठमाण्डौँ, असार २२
एनआरएनए अस्ट्रेलियाको चुनाब नजिकिँदै जाँंदा विस्तारै प्रत्यासीहरुको चर्चा र गतिविधि बढ्दै गएको छ । आउँदो जुलाई ३१ तारिखका दिन सम्पन्न हुने निर्वाचनका निम्ती उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । यसैबीच अस्ट्रेलियामा बसोबास गर्ने लोकतन्त्रवादी नेपालीहरुले ताजमेिनया राज्यको एनआरएनए राज्य परिषद्को लागि संयोजकसहितको उम्मेदवारी घोषणा गरेका छन् । लोकतन्त्रवादीहरुले एनआरएनको ताजमेनिया संयोजकसहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको स्टेरिङ कमिटीका राजय संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

समूह घोषणा समारोहमा जानकारी दिइए अनुसार ताजमनिया स्टेटको संयोजक पदमा राकेश शाक्यले उम्मेदवारी दिएका छन भने उप संयोजकमा जगदीश खड्काले उम्मेदवारी दिएका छन । यसैगरी नारी निकुन्जको ताजमनिया संयोजकमा प्रनिता पन्त राई, नारी निकुन्जको उप संयोजकमा आरजु रिजाल रजाक,नारी निकुन्जको सदस्यमा रूपा गुरूंग , यूबा संयोजकमा सुरज अधिकारी,यूबा उपसंयोजकमा अनिल ढकाल, सचिब तथा प्रबक्तामा लोकेन बिष्ट,यूबा सदस्यमा अच्यूत हुमागाईं ,सदस्यमा बद्री अवाल र सन्देश श्रेष्ठ अनि कोषाध्यक्षमा गणेश घिमिरेले उम्मेदवारी दिएका छन ।

जगदीश खड्काको स्वागत मन्तब्यबाट शुरू भएको घोषणा समारोह कार्यक्रममा राज्य समिती ताजमनियाका संयोजक पदका उम्मेदवार राजेश शाक्यले सामूहिक रूपमा एक जुट भएर चुनाबका निम्ति लागि परेको आफ्नो समूहलाई साथ र समर्थन गर्न आग्रह गरे -‘संस्था ताजमनियामा रहनु हुने प्रबासी नेपालीहरूका हक़ र हितका निम्ति लागि पर्ने छ -‘ शाक्यले भने ।

यो समूहमा रहेका उम्मेदवारहरूले ब्यक्तिगत रूपमा स्थानीय नेपालीहरूका लागि गर्दै आइरहेको सहयोग र दिंदै आएको साथले पनि यो समूह बिजय हुने आँकलन गर्न थालिएको छ । सचिब एबं प्रबक्ताका उम्मेदवार लोकेन बिष्टले स्थानीय समाजमा बढ्दै गएको घरेलु हिंसालाई निर्मूल पार्न आफ्नो समूह दिलो ज्यानले लाग्ने कुरा बताए । मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमहरूको आयोजना गरेर त्यसबारेमा जन चेतना जगाउंनुका साथै बिध्यार्थीहरूको क्षमता अभिबृद्दी गर्ने कार्यलाई निकै उपलब्धिमूलक रूपमा अगाडि बढाउंने हाम्रो योजना छ -‘ बिष्टले भने । यो समूहले ताजमनिया सरकारसम्म पुगेर नेपाली र अष्ट्रेलियन खेलाडिहरूबीच एक आपसमा सम्बन्ध गांसेर खेलकुद क्षेत्रमा नयां कार्य योजना लेराउंने तर्फ पनि गृहकार्य गर्ने कुरा बताइएको छ । यो समूह एक सपना एकै जोश र उद्देश्यका साथ अगाडि बढाउंने योजनामा लागि परेको छ । यसैगरी निकै उत्साहका साथ चुनाबमा होमीएको यो समूहमा आबद्दता जनाएका उम्मेदवारहरू ताजमनियामा रहनु भएका नेपालीहरू माँझ निकै सहयोगी र मन भएका नेपालीहरूमा पर्दछन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares