Monday, March 16
Shadow

Tag: अभियान

‘जनताका साथमा कांग्रेस’ अभियान सुरु

‘जनताका साथमा कांग्रेस’ अभियान सुरु

ब्यानर समाचार, राजनिती
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ । अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महततले जानकारी दिनुभयो । अभियानको मुख्यरुपमा चार उद्देश्य रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ । यसैगरी जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विवि...