काठमाण्डौँ, मंसिर १७
नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेल पक्राउ परेका छन्। उनलाई सेवाग्राहीसँग घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
उनले सेवाग्राहीसँग लिएको ७५ हजार रुपैयाँ होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएका थिए। सोही अवस्थामा पौडैल र भट्ट दुवैजनालाई पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            