
काठमाण्डौँ, कार्तिक १६
गायक समिर घिसिङ भिटेनले आफ्नो गीत ‘पारा’ विवादमा आएपछि माफी मागेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै गीतमा भएका शब्दहरुप्रति कतिपय निकायमाथि ठेस पुगेको गुनासो आएकाले कार्तिक १३ गते गीत आधिकारिक च्यानलबाट हटाइसकेको भन्दै माफि मागेका हुन् ।
उनले संशोधन गीतको भिडियो छिट्टै नै आफ्नो च्यानलबाट सार्वजनिक गरिने समेत बताएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, “सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्छु ।”
साथै भिडियोलाई अनधिकृत रुपमा अन्य कुनै पनि माध्यमबाट प्रकाशित नगरदिन पनि उनले सबैमा अनुरोध गरेका छन् ।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            