मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं १ बस्ने
खेलाडी रौनक श्रीवास्तवलाई कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री शान्ति इंगलिश बोर्डिंग स्कूलमा आज एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएको छ ।
एक कार्यक्रम गरि कृष्णनगर नगरपालिका वडा नं १० सौनहवामा रहेको शान्ति इंगलिश बोर्डिंग स्कूलमा विद्यार्थी हरूमा उत्प्रेणा र मनोबल बढाउन सम्मान कार्यक्रम राखिएको आयोजकले जनाएका छन् ।
। एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । सो सगै उनको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चर्चा चुलिएको छ ।
सम्मान गर्दै सोही विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद चतुर्वेदीले बताएकी रौनक श्रीवास्तवले आफ्नो गाँउ, नगर, गृह जिल्ला र देशको नाम विश्व सामु चिनाउन सफल भएकोमा हामी सबैमा उत्साह छाएको बताउदै श्रीवास्तव लाई आगामी उज्वल भबिस्यको सुभकामना समेत दिएका थिए। हाम्रो विद्यार्थी हरू समेत रौनक बाट प्रेरणा लिने समेत बताए।
सम्मान कार्यक्रममा सतेन्द्र चतुर्वेदी, प्रहलाद पाण्डेय, वृजेश कुमार चतुर्वेदी लगायत विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय हरूको उपस्थित रहेको थियो।