Wednesday, October 1
Shadow

ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन


  • -इ
  • इ+

 

कपिलवस्तु, अषाढ १४

ओल्मा काउन्सिल नेपाल कपिलवस्तु जिल्ला शाखाकाे अध्यक्षमा सद्दाम अन्सारी चयन भएका छन् । ओल्मा काउन्सिल नेपालकाे प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई सर्वसम्मत रुपले जिल्ला अध्यक्ष पदमा चयन गरिएकाे हाे ।

जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिकाकाे सभाल खडैचाका सम्पन्न प्रथम अधिवेशनले अन्सारीकाे नेतृत्वमा १९ सदस्य जिल्ला कार्य समिति चयन गरिएको छ । जसकाे वरिष्ठ उपाध्यक्षमा अलि हसन मुसलमान, उपाध्यक्षमा नुरुलाह पठान, सचिवमा अहमद खाँ, सह-सचिवमा असगर अलि भाँट, काेषाध्यक्षमा माेहम्मद अहमद रजालाई सर्वसम्मत चयन भएका छन् ।

यस्तै ओल्मा काउन्सिल नेपालकाे जिल्ला कपिलवस्तु इन्चार्जकाे जिम्मेवारी मुजिवउर्रहमान दिएकाे छ भने मिडिया इन्चार्जकाे जिम्मेवारी नाैशाद अलि मियाँलाई दिएकाे जनाइएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद सराज अहमद फारुकीले आफ्नो हकअधिकारका लागि अगाडि बढ्न आवश्यक रहेको बताए । उनले संवैधानिक प्रावधान अनुसार एकजुट भएर लाग्नुपर्नेमा जाेड दिए । मुस्लिम समुदाय शिक्षामा धेरै पछाडी परेकाे भन्दै जनचेतनामूलक कार्यक्रमकाे आयाेजना गर्न आवश्यक देखिएकाे उनको भनाइ छ ।

यस्तै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले एकताबद्ध हुनुपर्नेमा जाेड दिए । आफ्नाे हकअधिकार सुनिश्चितताका लागि निरन्तर लाग्न जरुरी रहेकाे बताए । मुस्लिम समुदायकाे लागि शिक्षा क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन गर्दै आएकाे बताउँदै प्रदेश र संघ सरकारमा समेत पहल गर्दै सक्दाे सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

कार्यक्रमलाई ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी, समाजसेवी डाक्टर जहिरुल खाँ, भुलन शाह, माैलनाहरु लगायतले सम्बाेधन गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares