Thursday, October 23
Shadow

अध्यक्ष पाण्डेको निधन प्रति जप्रपाले निकाल्यो शोक विज्ञप्ति


  • -इ
  • इ+

 

कपिलवस्तु, फाल्गुन ८

जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्लाका अध्यक्ष चक्रधारी पाण्डेको असमाहिक निधन प्रति पार्टीले एक विज्ञप्ति मार्फत हार्दिक सम्बेदना व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य एवं पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डे ज्यू को हिजो रातीअसामयिक निधन भएको खबरले जनता प्रगतिशील पार्टी अत्यन्तै मर्माहित भएको छ र गहिरो दुःख व्यक्त गर्दछ । मृदयुभाषी, मिलनसार र सरल स्वभावले कपिलवस्तु जिल्लामा संगठन विस्तारमा उहाँको अतुलनीय योगदान सधै सम्झनामा रहनेछ। यस कठिन समयमा शोक सन्तप्त परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठीको हस्ताक्षरित विज्ञप्ति मार्फत भावपूर्ण समवेदना व्यक्त गरिएको छ।

मधेश आन्दोलनका अगुवा समेत रहेका पाण्डेयको असमाहिक निधन प्रति पार्टी तथा शुभेच्छुक हरू मर्माहित रहेको जनता प्रगतिशील पार्टी नेपालका महासचिव ईश्वर दयाल मिश्रले बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares