काठमाडौ – तारकेश्वर नगरपालिकाले यस वर्ष अर्थात २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै तीब्र रुपमा काम हरु अगाडि बढी रहेको जानकारी नगरपालिकाले दिएको छ।
२०८१/१०/०९ गते बुधवार नगर प्रमुख ज्युको कार्यकक्षमा तारकेश्वर नगरपालिकाको वडा न. १,२ र ३ मा सह-लगानीमा खानेपानीको आयोजनाको लागि खानेपानी तथा सरसफाई आयोजनाबाट खटिई आउनुभएका परामर्शदाता Paragon Encode FVC JV का प्राविधिक टोली खानेपानी आयोजनाका सम्बन्धमा प्रारम्भिक छलफलका लागि नगर प्रमुख श्री कृष्ण हरि महर्जन ज्यु संग छलफल गरेर काममा सार्थक परिणाम निकाल्ने बिषय सहमति भएको बिषय हाम्रो समाचार श्रोतले जानकारी दिएका छन । उक्त छलफलमा नगरपालिकाका प्राविधिक टोली पनि थियो ।
तस्बिरको श्रोत – सामाजिक संजाल

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            