
काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १० नेपालटारमा रहेको एनआर कलेजको भवन रेक्ट्रोफिट्ङमा ढिलासुस्ती प्रति विद्यार्थीहरुले आपत्ति जनाएका छन् । समयमा नै भवन रेक्ट्रोफिट्ङको काम सम्पन्न हुन नसक्दा सहज रुपमा पठन पाठन कार्य प्रभावित भएको प्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) एनआर कलेजका विद्यार्थी नेता एवम् ने बि संघ सामुदायिक क्याम्पस समन्वय समितीका अध्यक्ष परोपकार अधिकारीले आपत्ति जनाएका थिए ।
उने सामाजिक सञ्जालमा भनेका छन्, तारकेस्वरको मुटु नेपालटारमा रहेको एन आर कलेजको भवन रेक्ट्रोफिट्ङको नाममा ढिलासुस्ती गर्दा हजारौ बिध्यार्थिको पठनपाठनमा समस्या आउदा पनि लाचार रुपमा कानमा तेल हाल्ने बिध्यालय प्रशासनले के जबाफ देला ? कार्य सम्पादनमा ढिला सुस्ती किन र कहिले सम्म सम्बन्धित पक्षले बिध्यालय प्रशासनलाइ स्पस्टिकरण लिने कि नलिने ?
विद्यार्थी र विद्यार्थी संगठनको विरोध पश्चात क्याम्पस प्रशासन, विद्यार्थी संगठन र भवन रेक्ट्रोफिट्ङका ठेकेदारको संयुक्त बैठकले आगामी दुई महिनामा रेक्ट्रोफिट्ङको काम सम्पन्न गर्ने गरि काम अगाडी बढाउने निर्णय भएको विद्यार्थी नेता अधिकारीले बताए ।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                            