दिपक न्यौपाने,नुवाकोट, मंसिर २०
बेल्कोटगढी नगरपालिकामा रहेकोे छ्हारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभामा सम्पुर्ण सेयर सदस्यलाई उपस्थितको लागि अनुरोध गरेको छ।
यस संस्थाले १५ औं बर्ष पार गरी १६ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिक उत्सवको अबसरमा ७५ बर्ष भन्दा माथिका सेयर सदस्यलाई सम्मान र सेयर सदस्यका छोरा छोरीले २०७७ सालको परिक्षामा विशिष्ट श्रेणी वा सो भन्दा माथी अङ्क ल्याइ उर्तिण गरेकालाई सम्मान गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम मङ्सिर २५ गते बिहान ठिक ११ बजे बेल्कोट भज्याङ्ग मा.बि मा हुने सो सस्थाका अध्यक्ष नारायण प्रसाद खनालले बताउनु भयो ।
साथै समयमा उपस्थित हुने सेयर सदस्य र कार्यक्रमको अन्तिम सम्म बस्ने सेयर सदस्य बाट गोलाप्रथा गरी १/१ जनालाई पुरस्कार दिने ब्यबस्था रहेको छ। साधारण सभामा उपस्थित हुने सेयर सदस्यलाई खाजा बापत २५० रुपैया उपलब्ध गराइने बताइएको छ ।


 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            