
काठमाण्डौँ, कार्तिक २
कोरोना महामारीका बेला दशैं भत्ता लिएको भन्दै चौतर्फी आलोचना भए पछि पूर्वमन्त्री जर्नादन शर्माले सो रकमले भेन्टिलेटर खरिदमा खर्च गर्ने उपाय सुल्झाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका सांसद शर्माले आफूले पाएको रकम पूर्वजनमुक्ति सेनाका सदस्य नरेन्द्र बोहोराका लागि भेन्टिलेटर खरिद गर्ने पनि जनाएका छन्।
“कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो, यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं,” शर्माले घोषणा गर्दै भनेका छन्, “दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।”
यसअघि नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दशैं भत्ता लिएका थिएनन् भने अर्का स्थायी कमिटी सदस्य भीम रावलले सो रकम फिर्ता गर्ने घोषणा गरेको सन्दर्भमा शर्माले नयाँ उपाय सुझाएका हुन्।

 
                             
			 
                                                                             
                                                                             
                                                                             
                                                                             
                                                                            