Thursday, March 13
Shadow

कृष्णनगरमा वडा केन्द्रित अभियान तीव्र, वडा नं ९ को वडा स्तरीय कमिटी गठन


  • -इ
  • इ+

कृष्णनगर, २८ फागुन 

कृष्णनगर नगरपालिकामा नेकपा एमालेकाे जरा अभियानलाई निरन्तर दिएकाे छ । बुधबार कृष्णनगर ९ बहादुरगञ्जमा वडा केन्द्रित अभियानमा ३० जनाले एमाले प्रवेश गरेका छन् । एमालेकाे सरकार भएपछि विकासले लहर लिएकाे र एमाले नै अहिलेकाे आवश्यकता भएको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सुशील श्रीवास्तव, प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जगदीश गुप्ता,  जिल्ला कमिटी सदस्य शिव प्रसाद जयसवाल,  माबुद खान, रितेश शर्मा, कृष्णनगर नगर अध्यक्ष गाेपाल प्यारे चन्देल, उपाध्यक्ष समशुल हुदा खान लगायतकाे उपस्थिति थियोे ।

घनश्याम मोर्याको अध्यक्षतामा जरा अभियान कार्यक्रम सम्पन्न भएको छ । पन्नलाल यादवकाे अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares