हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह
काठमाण्डौँ, मंसिर २८
प्रधानमन्त्री केपी ओलीले हिमालयको महिमा बोध गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । जलवायु महत्वाकांक्षा सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुन्द्रको पर्यावरणीय सन्तुलन कायम राख्न भन्दै यस्तो आग्रह गरेका हुन् ।
‘विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्यःप्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ ।’
ओलीले कोरोना संकटको समयमा सम्मेलनको आयोजना गरेकोमा चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सर...