
साउदी अरेबियाले विदेशी उडानमा लगाएको प्रतिबन्ध हटायो
काठमाण्डौं, पुष १९
साउदी अरेबियाले गत डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । साउदीले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) मुलुकमा फैलिन नदिन विदेशी उडानमा रोक लगाउने निर्णय गरेको थियो । आइतबार साउदी गृह मन्त्रालयले प्रतिबन्ध हटेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार साउदीले लगाएको हवाई, जमिन तथा समुद्री मार्ग हुँदै मुलुक प्रवेश गर्ने नाका खुला गरिएको हो ।
यद्यपि केही प्रतिबन्ध भने अझै पनि कायम रहनेछ । बेलायत, दक्षिण अफ्रिका र अन्य मुलुकहरुबाट आएका नागरिकहरुले साउदी अरेबिया प्रवेश गर्नुभन्दा १४ पहिला यी मुलुकहरुभन्दा बाहिर रहनुपर्नेछ । कोरोनाको नयाँ प्रकार देखिएका मुलुकबाट आउने साउदी नागरिकले पनि आफ्नो घरमा १४ दिन निगरानीमा बस्नुपर्नेछ ।...