Thursday, February 6
Shadow

Tag: सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक : राप्रपा

सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक : राप्रपा

सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक : राप्रपा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ। राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ । बैठक भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सिट बाँडफाँड गरेर नाम बुझाउन पत्राचार गरेसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। निर्वाचन आयोगले भोलि दिउँसोसम्मको समय दिएर सांसदहरूको क्लष्टर पेस गर्न पत्राचार गरेपछि दलहरु समानुपातिक सांसद छान्न छलफलमा जुटेका हुन्। बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ।...