
सर्वदलीय बैठकः राष्ट्रपतिले भनिन्ः दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्छ
काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।
मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा बोल्दै राष्ट्रपति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ ।’
राष्ट्रपति भण्डारीले आफू संविधानको अक्षरंश पालना गर्दै अघि बढ्ने बताएकी छन् ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए ।
...