
आजदेखि अनलाइनबाटै पुन : श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया
काठमाण्डौँ, पुष १७
आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ ।
अनलाइनमार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । एक पटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठाछापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन् ।
अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइट www.dpfe.gov.np मा गएर अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ । श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ ।
त्यसकारण फारम भर्दा आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नुपर्छ । साथै श्रम स्वीकृतिको लागि आव...