
आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय
लक्ष्मण श्रेष्ठ
०८,असोज काठमाण्डौ ।
काठमाण्डौ महानगरपालिकाले १० गते आइतवार बाट भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो ।
महानरपालिकाको शिक्षा विभागले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको छ । भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर महानगरपालिकामा पेस गर्नुपर्नेछ ।भनेरविभागका प्रमुख रामप्रसाद सुवेदीले बताएका छन्।
विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य गरिएको छैन । विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसेर आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाएर महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने र शिक्षक, विद्या...