
नेकपा विवाद : धादिङका अध्यक्षद्वारा राजनीतिक सन्यासको घोषणा
काठमाण्डौं, पुष १२
सत्तारुढ नेकपा विभाजन भएसँगै नेकपाका नेताहरु आफ्नो स्वार्थ हेरेर गुट परिवर्तन गर्ने खेल चलिरहेको छ । कतिपयले विरासत त्यागेर मन्त्री हुन राजी भएका छन् । तर पार्टीका इमान्दार नेता कार्यकर्तालाई भने नेकपा विभाजनले असाध्यै ठूलो चोट पुगेको छ । यही कुरा पुष्टि भएको छ धादिङमा ।
नेकपा धादिङका पुराना र स्वच्छ छविका मानिएका नेता नेत्र पौडेलले राजनीतिक सन्यासको घोषणा गरेका छन् । उनले पार्टी फुटपछि आइतबार एक स्टाटस मार्फत् जीवनको पीडादायी निर्णय लिएको स्पष्ट पारेका छन् ।
पार्टी विभाजनअघि नेकपा धादिङको अध्यक्ष रहेका पौडेललाई ओली समूहले केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।
हेर्नुहोस् उनको राजनीतिक सन्यासको घोषणासँगै सार्वजनिक सन्देश-
जीवनको पीडादायी निर्णय
सुन्दर र पक्की घर निर्माण गर्ने दृढ अठोटका साथ धेरै नवजवानहरू वर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे, कसैले ढुङ...