Thursday, February 6
Shadow

Tag: यसरी तयार भएको थियो नेपालको पहिलो नक्सा : सत्यमोहन जोशी

यसरी तयार भएको थियो नेपालको पहिलो नक्सा : सत्यमोहन जोशी

यसरी तयार भएको थियो नेपालको पहिलो नक्सा : सत्यमोहन जोशी

ब्यानर समाचार 2, साहित्य/कला
नेपालको पहिलो नक्सा हामीले २००६ सालमा तयार पारेका थियौं। त्यही नक्सा २०१४ सालको मुलुककै पहिलो आधुनिक जनगणना प्रतिवेदनमा छापिएको थियो। त्यो बेलाको सीमित साधन र प्रविधिका कारण नक्साको स्वरूप जे-जस्तो भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रै सरहदभित्र पर्थे। त्यसको प्रमाण त दोस्रो जनगणना बेला त्यहाँ पुगेका भैरव रिसालजीका कथनहरू आइसकेका छन्। त्यसैगरी राज्यले बुझेका तिरोहरूको प्रमाण पनि प्रस्तुत गर्न सकिन्छ। पहिलो नक्सा निकाल्नु आफैंमा संघर्ष थियो। त्यो प्रक्रिया‍ सुरूआत यसरी भएको थियो। बि.सं.१९९५ सालमा भिमबहादुर पाँडे एमकम पास भएर आएपछि उनका निम्ति उपयुक्त जिम्मेवारीको खोजी हुँदै थियो। त्यसैअनुसार जुद्धशमशेरबाट 'प्रोफेसर'को दर्जा पनि पाए। तर उनको योग्यता मुताबिक काम पठनपाठनका क्षेत्रमा नभएकाले 'औद्योगिक सर्भे'का काममा उनी संलग्न भए।त्यो बेलासम्म सर्भे भन्ने शब्द प्रचलनमै...