Saturday, February 15
Shadow

Tag: माटा भाँडा

छठ पूजाको तयारीसँगै माटा भाँडाको व्यापार बढ्दै

छठ पूजाको तयारीसँगै माटा भाँडाको व्यापार बढ्दै

ब्यानर समाचार 2
छठ पर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाई गर्दै यहाँका स्थानीयले आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटको सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् । छठ पर्वमा माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ । सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो । नेपालगञ्जको फुल्टेक्रा, एमपीस्कुलरोड, रानीतलाउ, रामनगर, बुलबुलिया, लोधइगाउँ, पुरैनी गाउँ तथा टोलका कुमाल समुदायले माटोका विभिन्न भाँडा तयार गरेर बिक्री गर्दै आएका छन् । यस्ता पर्वमा भाँडा भने माटोकै प्रयोग गरिने प्रचलनले तिहार र छठ पर्वमा माटाका भाँडा बनाउने कुमाले जातिको पेशा फस्टाएको व्यापारी बताउछन् । छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, भुर...