
प्रधानमन्त्री ओलीलाई हटाएर देखाउन मन्त्री श्रेष्ठको चुनौती
काठमाडौं, चैत ९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन् ।
ललितपुरमा आयोजित क्षेत्र नम्बर ९ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले अविश्वासको प्रस्ताव पास गरी प्रधानमन्त्रीलाई हटाएर देखाउन चुनौती दिएका हुन् ।
उनले भने, ‘म चुनौती दिन चाहान्छु, अविश्वासको प्रस्ताव पास गरी प्रधानमन्त्रीलाई हटाएर देखाउनुस् ।’
उनले अहिलेको अवस्थामा त्यो सम्भव नहुने जिकिर गरे । यो सबै भन्दा ‘पावरफूल’ सरकार भएकाले यसकालाई कसैले हटाउन नसक्ने उनको भनाइ छ ।
उनले भने, ‘यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिशाली सरकार हो, यो सरकारलाई कसैले हटाउन सक्दैन ।’
पार्टीको विधान विपपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र ...