
मधुमेहका रोगीले खानै नहुने ८ खानेकुरा हरु, यसबाट बच्न के गर्ने ?
काठमाडौ, मंसिर २६
दिनभरमा मधुमेहका रोगीले १६ सयदेखि १७ सय क्यालोरी लिनुपर्छ । मधुमेह नियन्त्रणका लागि सन्तुलित आहार हुनुपर्छ । साथै सहि समयमा खानपान गर्नुपर्छ ।
यसका साथै आफ्नो दिनचर्यामा व्यायाम र योग पनि सामेल गरियो भने मधुमेह नियन्त्रण हुन्छ ।
गुलियो
मधुमेहको रोगीले गुलियो खानेकुराको सेवन गर्नु हुँदैन । कतिले गुलियो रुचाउँदैनन्, यद्यपी उनीहरुलाई मधुमेह भएको हुन्छ । त्यसैले गुलियो खानु नै मधुमेह हुने कारण मान्न सकिदैन । तर, यसले मधुमेहलाई बढाव दिन्छ ।
यी फलफूल
फलमा केरा, स्याउ, आप, लिची, अंगुर सेवन गर्नु राम्रो होइन । यसका साथै फलको रस पिउनुभन्दा फल नै सेवन गर्नु ठीक हुन्छ ।
अधिक कार्बोहाइड्रेट र बोसोयुक्त
अधिक कार्बोहाइड्रेट र वोसोयुक्त आहारले सुगर बढाउने संभावना अधिक हुन्छ । त्यसैले डाइटमा यस्ता खाद्य पदार्थ कम खानुपर्छ, जसमा कार्बोहाइड्रेट वा बोसोको मात्रा बढी ...