
जामिया इस्लामिया नईमिया अधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण
कपिलवस्तु, फाल्गुन १९ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २मा रहेको जामिया इस्लामिया नईमिया अधारभूत विद्यालयमा मुस्लिम आयोगको आयोजनामा विद्यालय का १०० जना विद्यार्थीलाई ब्याग तथा शैक्षिक समाग्री वितरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथी मुस्लिम आयोगका अध्यक्ष समिम मिंया अंसारी अतिथीमा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह,संविधान सभा सदस्य नजिर मिंया, मुस्लिम संगठन नेपालका सेराज अहमद फारुकी,आयोगका सदस्य महमुद्दीन अली, मिर्जा अरसद बेग, जसपाका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, २नं वडाध्यक्ष संजय गुप्ता, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां लगाया रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अन्सारीले उपस्थित सबै लाई हार्दिक धन्यवाद दिदै मदरसामा अध्ययनरत रहेका विद्यार्थी हरुको हौसला बढाउन सानो प्रयास स्वरुप ब्याग तथा शैक्षिक समाग्री वितरण गरिएको मुस्लिम हकहित र मुस्लिमको ...