
शिखर इन्स्योरेन्सले सुरु गर्यो ‘अटो प्लस’ बीमा योजना
काठमाण्डौँ, मंसिर २९
शिखर इन्स्योरेन्सले ‘अटो प्लस’ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रम गरी उक्त योजना सार्वजनिक गरेको हो।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शिखर इन्स्योरेन्स कम्पनीले आजबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजना शुभारम्भ गरेका हुन्।
शिखर अटो प्लस बीमा योजनामा दुर्घटनामा हुने ह्रास कट्टी फिर्ता, मर्मतको समयमा ट्याक्सी खर्च र पूर्ण क्षतिमा नयाँ सवारी साधन दिने सुविधा समावेश भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले जानकारी दिए।
कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कोरोना शिखर इन्स्योरेन्सले अटो बीमाको क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेको बताए। उनले यसअघि नेपालमा नरहेको बीमा योजना उक्त कम्पनीले सार्वजनिक गरेको जानकारी दिए।
त्यसैगरी, कार्यक्रममा शिखर इन्स्योरेन्सका अध्यक्ष राजेन्द्रप्...