सुर्खेतमा पनि देखियो बर्डफ्लु
काठमाडौँ , फागुन ८ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका महानिर्देशक डा दमयन्ती श्रेष्ठले जानकारी दिए । यसअघि काठमाडौँको तारकेश्वर नगरपालिकामा पालिएका पछीमा बर्ड फ्लु देखिएको थियो ।
विभागले बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाएको छ । रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रीयस्तरसमेतबाट पशु चिकित्सकको विज्ञ टोली खटाइएको उनले जानकारी दिए ।
रोग नियन्त्रणका क्रममा शुक्रबार पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय र वीरेन...