
के कारणलेआउँछ सेतो दुवी ? यस्ता छन् बच्ने उपायहरु
काठमाडौ, मंसिर २४
शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुवी आउने गर्छ भने कसैलाई बढी डर, तनावमा रहने मानिसमा सेतो दुवी आउने आउँछ ।
सेतो दुवी रोग होइन तर मानिसहरु सेतो दुवीलाई रोग भन्दा ठूलो समस्याको रुपमा लिन्छन् । त्यसैले सेतो दुवी आएमा त्यसलाई हटाउन हरप्रयास गर्छन् ।
सेतो दुवीलाई सही तरिकाले उपचार गरेमा हटाउन पनि सम्भव छ । सेतो दुवीको उपचार सामान्यतया तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र शल्यक्रिया
औषधिको प्रयोग
सेतो दुवीको उपचारका लागि खाने र दागमा लगाउने औषधि हुन्छ । सेता दागलाई निको पार्न दाग नभेटिएसम्म औषधि सेवन गर्नुपर्छ ।
सेतो दागको उपचारका लागि चिकित्सकले अनुमति दिएको औषधि सेवन गरी, औषधि खाएको दुईघण्टापछि घाममा बस्नुपर्ने हुन्छ ।
अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हु...