
प्रेस कार्ड अब हुलाक कार्यालयबाटै पाइने
काठमाण्डौँ, मंसिर २४
सरकारले अब देशैभरका जिल्ला हुलाक कार्यालयबाट प्रेस कार्ड लिन पाइने व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले २२ मंसीरको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले विभिन्न जिल्लाबाट प्रेस कार्ड बनाउन केन्द्रमा नै धाउनुपर्ने बाध्यता, विभिन्न वर्ग र क्षेत्रसहितलाई परेको बाधा अवरोध हटाउन यस्तो निर्णय गरिएको बताए।
मन्त्री गुरुङका अनुसार पत्रकारको सहजता र सजिलोका लागि सरकारले यस्तो निर्णय गरेको हो। जिल्ला हुलाकबाट प्रेस पास दिने व्यवस्था मिलाइएको र सोही अनुसारको अधिकार प्रत्यायोजन पनि गरिएको मन्त्री गुरुङले बताए।
सरकारको यो निर्णयले सञ्चारकर्मीलाई सहज हुने र प्रेस कार्डकै लागि काठमाडौंसम्म आउनुपर्ने बाध्यता हट्ने उनको विश्वास छ। अब जिल्ला हुलाक कार्यालय प्रमुखले नै प्रेस प्र...